• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 07:08 am

आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै

काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित रुपमा खुलेका हुन् । 

कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताए । 

‘‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ । दैनिक जसो नियमित कार्य शुरु गरिएको छ’’, उनले भने, ‘‘आजदेखि विस्तारै सेवाग्राहीहरु बढेका छन् ।’’

दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए । आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि आजदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसम : चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

  • १८ जेठ, २०७७

 काठमाडौं  । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • १७ जेठ, २०७७

काठमाडौं । काठमाडौं लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धादिङ

गुल्मीमा क्वारेन्टाईनमा बसेका पुरुषले गरे आत्महत्या

  • १७ जेठ, २०७७

पाल्पा । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माबिको