• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सांसद साह पक्राउ : राजपा भन्छ–'रिहा नगरे असहज परिस्थिति सृजना हुन्छ'

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा आक्रमण गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेपछि राजपाले विरोध जनाएको हो । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई अतिरन्जित बनाएको टिप्पणी राजपाले गरेको छ । ‘कहिल्यै समयमा नआउने जहाजहरुको मनोमानी विरुद्ध बोल्दा सर्लाही क्षेत्र नं १ बाट निर्वाचित पार्टीको सांसद माननीय श्री प्रमोद कुमार साहलाई काठमाडौं एयरपोर्टबाट पक्राउ गरिएको घटनाको पार्टी घोर भत्र्सना गर्दछ ।’

साथै, एयरलाईनसको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न सरकारसंग राजपाले माग गरेको छ । साथै, त्यसबाट पर्नसक्ने असहज परिस्थितिको लागि सरकार स्वयं जिम्मेवारी हुनुपर्ने भन्दै पार्टीले चेतावनी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर