बलिउड स्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन तीन दिनदेखि मुम्बई नानावती अस्पलातमा भर्ना भएका छन् । रुटिङ चेकअपको लागि उनलाई मंगलबार २ बजे अस्पतालमा भर्ना गरिएको हो । उनलाई आइतबार डिस्चार्ज गर्ने सम्भावना छ । 

अमिताभ रुटिङ चेकअपको लागि अस्पताल धेरै धाउने गरेका छन्  । तर यो पटक भने अस्पतालमा उनको लामो बसाइ हुनेछ । अमिताभ सन् २०१२ मा सर्जरीको कारण धेरै दिन अस्पताल बसेका थिए । अमिताभलाई फोक्सोमा समस्या छ । 

उनी धेरै बिरामी परिरहन्छन् । एक पटक फिल्म कुलीको सुटिङको बेला उनलाई अहिले सम्मकै ठूलो चोट लागेको थियो । त्यतिबेला २ सय डोनर्सबाट ६० बोतल रगत दिइएको थियो । त्यही समय देखि उनी धेरै बिमारी पदै आएका छन् । 

एक अन्तर्रवार्तामा अमिताभले भनेका छन् –‘म त्यो दुर्घटनामा पर्दा जुन डोनर्सबाट मलाई रगत चढाइएको थियो । त्यसमा एक ‘हेप्ताइटिस बी’ को थियो । त्यहीबाट मेरो फोक्सोमा असर पुग्न थालेछ । केही समय त म ठिक थिए । तर एक सामान्य उपचार पछि थाहा पाए की मेरो फोक्सोमा समस्या छ । अमिताभको २५ प्रतिशत फोक्सोले मात्र काम गर्छ बाकी ७५ प्रतिशत खराब भइसकेको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर