• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 06:57 am

जावालाखेलमा सुरु भयो ‘गोदावरी पुष्प मेला’ [फोटोफिचर]

काठमाडौं । ललितपुरमा फुलहरुको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फुलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फुलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको हो ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुक्रबारबाट प्रदर्शनी सुरु भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गरेका थिए । 

जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । 

यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।

सबै तस्बिरहरू दिपेन्द्र ढुगांना/समाचारदैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कीर्तिपुर मैदानमा सचिन तन्दुलकरको क्रेज [फोटोफिचर]

  • ३० कार्तिक, २०७६

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको छ

करिब साढे तीन सय वर्ष पुरानाे चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न [फाेटाेफिचर]

  • २९ कार्तिक, २०७६

काठमाडौं । श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भएको छ । कार्तिक

राजधानीमा मनाइयो थारू समुदायकाे समाचकेवा पर्व [फोटोफिचर]

  • २७ कार्तिक, २०७६

काठमाडौं । राजधानी थारु समुदायले समाचकेवा पर्व धुमधामसाथ मनाएको छ । थारु समुदायका दीदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै यो पर्व