• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

राष्ट्रपति भण्डारी यङ्गोनमा

म्यान्मा । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा  यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्माको यङ्गोन शहर आइपुगेकी छिन् । उनी आफ्ना प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी (रङ्गुन) आइपुगेकी हुन् ।

उनलाई नेपित अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मा सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित शहरका प्रमुख म्यो आङले बिदाइ गरेका थिए । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा  मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत छन् । उनको म्यान्मा भ्रमण यही कात्तिक ३ गतेसम्म हुनेछ । 

नेपितमा रहँदा राष्ट्रपति भण्डारीको म्यान्माका राष्ट्रपति  मिन्त, स्टेट काउन्सिलर आङ सान सु ची र त्यहाँका सेना प्रमुख मिन आङ ह्यलिङसँग भेटवार्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर