ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा एकको मृत्यु
पाल्पा । पाल्पामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये ३ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।
तानसेन रिडी सडकखण्डको जोर्तेको उकालोमा लु १ ख ९२०२ नम्बरको ट्रकलाई र ना ४ ख १७०० नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको ट्रकले विपरित दिशाबाट आउदै गरेका ट्रकलाई ठक्कर दिएपछि ट्रक सडकदेखि ३ सय पचास मिटर तल खसेको थियो । दुर्घटना ग्रस्त ट्रकमा चालकसहित जम्मा ७ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दबै सवाी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए ।
प्रतिकृया दिनुहोस