• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा एकको मृत्यु

पाल्पा । पाल्पामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये ३ जनाको  अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।

तानसेन रिडी सडकखण्डको जोर्तेको उकालोमा लु १ ख ९२०२ नम्बरको ट्रकलाई र ना ४ ख १७०० नम्बरको ट्रकले ठक्कर दिएपछि  दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको ट्रकले विपरित दिशाबाट आउदै गरेका ट्रकलाई ठक्कर दिएपछि ट्रक सडकदेखि  ३ सय पचास मिटर तल खसेको थियो । दुर्घटना ग्रस्त ट्रकमा चालकसहित  जम्मा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।  घाईतेहरुको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दबै सवाी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर