• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

आजका समाचार हाइलाइट्स १ कार्तिक, २०७६

अमेरिकी अनुदान सम्झौता महराका कारण संसदमा रोकिएको होईन–प्रचण्ड 
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गतको एउटा सम्झौताबारे उठेका प्रश्नहरू सम्बोधन गरेर मात्रै त्यसलाई संसद्‌बाट अनुमोदन गरिने बीबीसीलाई बताएका छन्। प्रधानमन्त्री ओलीले पूर्वसभामुख कृष्णबहादुर महराका कारण उक्त अमेरिकी अनुदान सम्झौता संसद्‌बाट पारित हुन नसकेको शुक्रवार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा बताएका थिए।


‘विमानस्थलमा तोडफोड’ काण्डको अर्को पाटो, कारबाही कसलाई 
काठमाडौं । ह्वीलचेयरमा बसेका एक किडनी रोगको बिरामी काठमाडौंमा उपचारका लागि जान प्रतिक्षारत छन् । उनी भनिरहेका छन्,–‘मलाई पहिला काठमाडौं जान दिनुहोस्, आजै काठमाडौमा उपचार गर्नुछ ।’ धनुषाको जनकपुर बिमानस्थलमा सुनिएको यो सवांदले जो कोहीको मन छुनु स्वभाविक हो । 


विश्वप्रकाश शर्माको माग स् माग सम्बोधन हुनेगरी तत्काल संविधान संसोधन होस् 
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् ।  प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।


सिन्धुपाल्चोकमा एक युवाको घाँटी रेटी हत्या
काठमाडौँ । सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका–५, गुन्सामा गए राती एक युवाको घाँटी रेटर हत्या भएको छ ।   हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् ।


विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा हुँदेन 
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा नगरिने स्पष्ट पारेका छन् । नेपाल पब्लिक क्याम्पस संघको ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे मन्त्री पोख्रेलले सरकारको लक्ष्यअनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाई पदाधिकारीमा चयन गरिने बताएका हुन् । 


कैलालीको फुलवारीमा गाईको हत्या, मासु निकालेर खाएको आशंका 
धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फुलवारीमा गाईको हत्या गरिएको छ । स्थानीय  गीता चौलागाईको गोठमा बाँधेर राखेको गाई गयराती चोरेर हत्या गरिएको  हो । राती गोठमै बाँधेको गाई बिहान मासु निकालिएको अबस्थामा स्थानीयले जनकाल्याण सामुदायिक वनमा  भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर