• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका लागि मलेसिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।

दसैंको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए । डिएचएल सप्लाई चैन कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्न एक महिनाअघि मात्र मलेसिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको ओलीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर