• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

फेसबुकप्रति घट्यो विश्वास, विश्वको टप १० ब्रान्डको सूचीबाट बाहिरियो

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट ‘फेसबुक’ विश्वको टप १० ब्रान्डको सूचीबाट बाहिरिएको छ । गोपनीयता सम्बन्धी विवादहरु तथा त्यसको जाँचका कारण फेसबुकलाई यो झट्का लागेको बताइएको छ । 

‘ग्लोबल ब्रान्ड कन्सल्टेनसी इन्टरब्रान्ड’को सर्वोत्कृष्ट एक सय ब्रान्डको बार्षिक सूचीमा फेसबुक झरेर १४औँ स्थानमा पुगेको छ । दुई वर्षअघि विश्वकै सर्वाधिक लोकप्रिय फेसबुक यस वार्षिक सूचीको ८औँ स्थानमा थियो । 

यस सूचीको टप एक सयमा पहिलो स्थानमा एप्पल छ भने दश्रोमा गुगल र तेश्रो स्थानमा अमेजोन छ । त्यस्तै चौथो स्थानमा माइक्रोसफ्ट, पाँचौँमा कोकाकोला, छैटौँमा सामसुङ, सातौँ स्थानमा टोयटा, आठौँमा मर्सिडिज, नवौँ स्थानमा म्याक डोनाल्ड छ र दशौँ स्थानमा डिज्नी रहेको छ । 

एक अमेरिकी सफ्टवेयर कम्पनी सोल्सफोर्सका सिइओ मार्क बेनिअफले फेसबुकलाई ‘नयाँ सिगरेट’को संज्ञा दिँदै यो बच्चाहरुका लागि लत बनेको बताएका छन् । यसका लागि फेसबुक जवाफदेही हुनुपर्ने उनले बताएका छन् । 

हालै अमेरिकी सांसद कमला ह्यारिस र एलिजावेथ वारेनले फेसबुकलाई बन्द गर्नुपर्ने बताएका थिए । त्यस्तै, अमेरिकाका करिब ४० राज्यका अटर्नी जनरलले फेसबुकको एन्टी–कोम्पिटिटिभ अभ्यासको जाँचमा सहभागी हुने घोषणा गरेका छन् । फेसबुकले यसै वर्ष गोपनीयता भंग गरेको मुद्दामा ५ अर्ब डलर जरिवाना तिर्नु पर्यो । 

‘इन्डिपेन्डेन्ट रिसर्च फर्म पोनेमोन इन्स्टिट्युट’द्वारा गरिएको एक सर्वेका अनुसार, क्याब्रिज एनालिटिका डाटा स्क्यान्डलपछि फेसबुकमा प्रयोकर्ताको विश्वासमा ६६ प्रतिशत कमी आएको छ । हाल जम्मा २८ प्रतिशत प्रयोगकर्ता मात्रै फेसबुकलाई विश्वास गर्ने देखाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर