सशस्त्र प्रहरीद्वारा भन्सार छलिको सामान बरामद

कैलाली । सशस्त्र प्रहरीले कैलालीको कालाकुण्डा र फूलबारीबाट भन्सार छलेर ल्याउँदै गरेको विभिन्न समाना बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल बीओपी टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ को कालाकुण्डाबाट अवैध रुपमा भारत भित्र्याउँदै गरेको विभिन्न सामान बरामद गरेको हो । बरामद गरिएका सामानमा पटाका लगायतका विष्फोटकजन्य सामान रहेको छ । एक लाख छ हजार ७९० रुपैयाँ बराबरको सामान बीओपी कार्यालयमा ल्याएर नष्ट गरिएको छ । 

यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टरबाट खटेको टोलीले धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा भन्सार छलेर ल्याउँदै गरेको मिठाइ बरामद गरेको छ । भारतबाट करिब १५ हजार रुपैयाँ बराबरको ५० किलो मिठाइ ल्याउँदै गर्दा बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर