• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो । 

आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर