• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 06:06 pm

काठमाडौं र ललितपुरमा रगत अभाव

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा रगत अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सहज रूपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । 

बर्सेनि चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । 

कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन । सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र  सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ  । 
 
दसैं भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ । 

रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, ‘डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।’ 

रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले  अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औसतमा ३ सय युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ । केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै संघसंस्थासँग रक्तदानका  लागि पहल गरिरहेको जानकारी दिइन् । 

पछिल्लो सयम केन्द्रको रक्त सेवा फितलो  र प्रभावहीन बन्दै गएको छ । भनेका सयममा चाहिएका रगत समूह सेवाग्राहीले पाउन धौधौ पर्ने गर्दछ । ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जान्नुहाेस्, विश्वमा कुन देशका नागरिक बढी चिनी खान्छन् ? 

  • ३ मङ्सिर, २०७६

एजेन्सी । चर्चित मेडिकल जर्नल ल्यानसेटकाे एक अध्ययन ‘ग्लोबल बर्डन अफ डिजीज–२०१९’ले विश्वभरका १९५ देशहरुको स्वास्थ्य आंकडाको विश्लेषण गरेको छ

अत्यधिक पेनकिलर प्रयोगले पुरुषमा हुन सक्छ नपुंशकता

  • २ मङ्सिर, २०७६

एजेन्सी । धेरैजस्तो महिला तथा पुरुषहरू बाँझोपनको सिकार हुने गरेका छन् । कहिलेकाहीँ यो समस्या प्राकृतिक पनि हुनसक्छ । तर, तपाईंले खाएको खाना र औषधिको

तिलोत्तमामा १५ शय्याको अस्पताल बन्ने

  • २८ कार्तिक, २०७६

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शय्याको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा