• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 06:54 pm

दालचिनीमा मह मिसाएर खाए फाइदा नै फाइदा

दालचिनी प्रायः सबै घरमा पाइने मसला हो । यसमा भएका गुणले स्वास्थ्य र सौन्दर्य दुवैलाई फाइदा गर्छ । अझ यसमा मह पनि मिसाइयो भने त यसको असर दुईगुणा बढ्छ । यसका यस्ता फाइदा हुन्छन्।

क्यान्सर
कलेजोको क्यान्सर र हड्डी बढेको समस्यामा दालचिनी र महको सेवन लाभदायक हुन्छ । दिनदिनै एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धूलो र एक चम्चा मह मिसाएर पिउनुभयो भने लाभ हुन्छ ।

मोटोपना
एक गिलास पानीमा एक चम्चा दालचिनीको धूलो हालेर उमाल्नुस् । अनि यसमा दुई चम्चा मह हाल्नुस् । राति सुत्नुअघि यसको सेवन गर्नुस् ।

मुटुरोग
चियामा दालचिनी हालेर पिउनुस् । यसको सेवनले हृदयाघातको सम्भावना घटाउँछ ।

रुघाखोकी
रुघाखोकी र गलाको समस्या भएमा एक चम्चा महसँग एक चिम्टी दालचिनी मिसाएर खाँदा छुटकारा पाइन्छ ।

सौन्दर्य
छाला र कपालको सौन्दर्य पनि दालचिनीले बढाउँछ । यसले छाला चम्काउँछ र चाउरी कम गर्छ । कागतीको रसमा मिसाएर दालचिनीको धूलो र मह दल्नुभयो भने डण्डीफोर हराउँछन् ।

जोर्नीको पीडा
जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर सेवन गर्दा फाइदा हुन्छ । यसका अतिरिक्त मनतातो पानीमा दालचिनीको धूलो हालेर मालिस गर्दा पनि पीडा शान्त हुन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

थैलेसिमिया रोगको उपचारमा सहुलियत व्यवस्था गर्न सरकारसँग आग्रह

  • २६ कार्तिक, २०७६

काठमाडौं । थैलेसिमिया रोगका पीडितहरूले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । थैलेसिमिया रोगका पीडितहरूले यस रोगको

हेर्नुस्, लामो समयसम्म यौन सम्पर्क नगर्दा देखिन्छन् यस्ता समस्या

  • ११ कार्तिक, २०७६

एजेन्सी । कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारिरिक सम्पर्क गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका

बाथकाे समस्या महिलामा बढी

  • १० कार्तिक, २०७६

काठमाडाैं । राजधानीको चावहिलमा बसोबास गर्दै आएकी पुनम थपलिया बाथरोगबाट ग्रसित छन् । उनी हातखुट्टा सुन्निने, शरीर झमझम गर्ने, अत्यधिक दुखाइ जस्ता