• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 12:51 am

तिहार : जो ३४ वर्षदेखि फुलखेतीमा रमाउँदै आएकी छिन् [फोटोफिचर]

काठमाडौं । नेपालीहरुको महान चाड दीपावली सबैको घर आंगनमा आइपुगेकोे छ । देउसी र भैलोले सामाजिक सञ्जाल र रेडियो टेलिभिजनमा गुञ्जायमान सुरु गर्न थालिसके ।  

‘फुलै फुलको चाड’ भनेर चिनिने तिहारमा मखमलि र सयपत्रि फुलको बजार निकै उत्साहजनक हुने गर्दछ, हरेक वर्ष ।  यस वर्षपनि देशका विभिन्न भागमा फुलको बजार निकै उत्साहजनक देखिन्छ । 

नागर्जुन नगरपालिका इचंगुकी सानुमैयां तामाङ वर्षौंदेखि फुलखेती गर्दै आएकी छिन् । उनले ०४२ सालदेखि फुलखेती गर्दै आएकी हुन् । उनले फुलखेती मात्र गरेकी छैनिन्, दैनिक रोजगारीका लागि विदेशीएका युवाहरुका लागि प्रेरणा पनि दिँदै आएकी छिन् । 

उनी विचौलिया लगाएर बजारमा फुल पुर्याउन भन्दा युवाहरु आफैंले फुल खेती गरेर मनग्य आम्दानी गर्नसक्ने बताउँछिन् । पहिले फुल खेती गरेर केहीबेर के गर्छेस् भन्नेहरु आज आफूलाई देखेर दंग पर्ने उनी बताउँछिन् ।

सरकारले फुल खेतीलाई व्यवस्थित गर्न नसकेको उनको गुनासो छ । सुरुमा ३०० ढ्वाङ फुल बेच्ने उनी हिजोआज ९००/१००० ढ्वाङ बेच्ने बताउँछिन् । 

 

सबै तस्बिरहरु : दिपेन्द्र ढुंगाना/समाचार दैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न