• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 06:45 am

शिक्षकलाई तलब खुवाउन विद्यार्थी नै मैनबत्ति उत्पादनमा

बैतडी । आफुहरुलाई पढाउने शिक्षकहरुको पारिश्रमिक जुटाउनका लागि बैतडीको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा मैनबत्ती उत्पादन गरिरहेका छन् ।

बैतडी जिल्लाको पाटन नगरपालिका–९, हुक्केडाँडामा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रहेको विद्यार्थी मैनबत्ती बनाउन लागेका छन् । कक्षा १० सम्मको पठन पाठन हुने विद्यालयमा हाल ३ सय ५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

सरकारी सेवामा ३ जना प्राथमिक स्थायी र १ जना प्राथमिक राहत गरी जम्मा ४ जना शिक्षकमात्र नेपाल सरकारको दरबन्दीमा छन् भने ८ जना शिक्षकहरु निजी श्रोतमा कार्यरत छन् ।

अभिभावकहरुबाट बर्षेनी चन्दा संकलन गरेर विद्यालय चलाउनु पर्ने समस्या झेलीरहेको यस विद्यालयले भने विद्यार्थीहरुको सीप विकासका साथसाथै आर्थिक लाभ लिनका लागि विद्यालयमा तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन गरिरहेको छ ।

दशै बिदा सकिएसंगै विद्यालय खुलेको दिनदेखि दैनिक एकरएक घण्टा मैन बत्ती बनाउन विद्यार्थीहरु लागी रहेका छन् । कक्षा ६ देखि ८ सम्म पठन पाठन गरिने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरुको प्रयोगात्मक कार्यद्वारा मैनबत्ती बनाउने सीप सिकेको र भविष्यमा पनि घरधन्दारजिविका चलाउन सहयोग पुग्ने छात्राहरुको भनाई छ ।

काठमाडौंबाट २ सय ७ केजी मैन, ५ सेट साँचा, आवश्यक प्लाष्टिक, रंग र धागो खरिद गरी विभिन्न साईजका १ हजार ८ सय ५० पाकेट मैनबत्तिहरु उत्पादन गरिसकेको र उत्पादन गरिएका मैनबत्तिहरुलाई छिमेकी बजारहरुमा बिक्रीवितरण गरी सोबाट आएको रकमबाट निजी शिक्षकहरुलाई पारिश्रमिक खुवाउने कुरा विद्यालयका शिक्षक लाल सिंह महराले बताए ।

सामुदायिक विद्यालयहरु मध्ये जिल्लाकै पहिलो छात्रावास भएको यस विद्यालयमा हाल कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन भईरहेको छ । शैक्षिक गुणस्तर संगसंगै विद्यार्थीहरुको पेसागत क्षमता विकासका लागि मैनबत्ती बनाउने कार्यको थालनी गरिएको कुरा विद्यालयका सहायक प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताए ।

५ सय ३८ वटा विद्यालयहरु रहेको बैतडी जिल्लामा पहुँचको भरमा शिक्षक दरबन्दी हुँदै आएको छ । शैक्षिक गुणस्तर सुधारका लागि नमुना योग्य काम गर्ने विद्यालयहरुलाई बिषेश प्राथमिकतामा राखी शिक्षक दरबन्दीको मिलान र व्यवस्थापन गर्न जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमितलाई आइसोलेशनसम्म खाना पुर्याउने ‘सानो पाइला’

  • १७ जेठ, २०७७

जनकपुरधाम ।  कोरोना संक्रमण बढेसंगै नेपालको विभिन्न स्थानमा आइसोलेशनको अभाव देखियो । प्रदेश दुईमा यो समस्या झनै बिकराल रुपमा रहेको छ । आइसोलेशन

झापाका स्थानीय तहलाई ६ अर्ब ५६ करोड बजेट

  • १७ जेठ, २०७७

भद्रपुर ।  सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्ष २०७७ ÷७८ का लागि प्रस्तुत बजेटमा झापाका १५ स्थानीय तहलाई रु छ अर्ब ५६ करोड ४८ लाखको बजेट विनियोजन

प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

  • १६ जेठ, २०७७

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको