• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 06:08 am

मिथिलाञ्चलमा दिपावलीको विशेष आकर्षण

हिन्दु धर्मावलम्वीहरुको प्रमुख पर्वहरु मध्ये दिपावली अर्थात लक्ष्मी पूजा पर्व रहेको छ । मिथिलाञ्चलमा दिपावली पर्वको विशेष आकर्षण हुन्छ । दिपावली अर्थात  प्रकाशको पर्वका लागि मिथिलाञ्चलवासी विजय दशमी सके लगत्तै तयारी गर्न शुरु गरि सकेका हुन्छन् ।  

मिथिलाञ्चलमा यस पर्वको विशिष्ट महत्व रहेको छ । आध्यात्मिक दृष्टिले दिपावली पर्वलाई अँध्यारोमाथि प्रकाशको विजय प्रतिकको रुपमा लिइन्छ । 

दिपावली अर्थात लक्ष्मी पूजाका दिन घर घरमा माता लक्ष्मी आउने भएकीले आफ्नो घरका साथै घर अगाडीका बाली भारी तथा सडकहरु समेत सफाई गर्ने गरिन्छ । 

दिपावली पर्वको महत्व
कार्तिक महिनाको अमावस्या तिथिमा मनाइने यो पर्व मिथिलाञ्चलमा धूमधामका साथ मनाइने गरिन्छ । यो पर्वको सामाजिक र धार्मिक दूबै दृष्टिकोणले विशिष्ट महत्व रहेको छ । दिपावली पर्वलाई दीपोत्सव समेत भन्ने गरिन्छ । 

‘तमसो माँ ज्योतिर्गमय’  अर्थात् अँध्यारोबाट प्रकाश तर्फ जाउँ । यसलाई उपनिषदको आज्ञाको रुपमा लिइन्छ । जसलाई सिख, बौद्ध तथा जैन धर्मका अनुयायीहरुले समेत अनुसरण गर्छन् । 

दिपावली शब्दको उत्पत्ति संस्कृतको दूई शब्द ’दीप’ अर्थात ’दियो’ र  ’आवली’ अर्थात ‘लाइन’ वा ’श्रृंखला’को मिश्रणबाट भएको हो । यस पर्वमा घरको कुना कुनामा हिन्दु धर्मावलम्वीहरु दियोको श्रृंखला बनाउँछन् ।

इतिहास
धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार दिपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । भगवान रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दीयो बालेका थिए ।   कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा सो दियोहरुको प्रकाशले पूरै अयोध्या झिलीमिली भएको थियो । सोही दिनबाट यो पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ । 

दिपावली पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मरीशस, गुयाना, त्रिनिदाद एण्ड टोबैगो, सूरीनाम, मलेशिया, सिंगापुर, फिजी, पाकिस्तान र अस्ट्रेलियामा समेत धूमधामका साथ मनाइन्छ । 

दिपावलीको सन्दर्भमा पद्म पुराण र स्कन्द पुराण नामक ग्रन्थमा उल्लेख रहेको पाइन्छ । दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतिकको रुपमा मानिएको छ । सूर्य जो जीवनका लागि  प्रकाश र ऊर्जाको लौकिक दाता हो । हिन्दू कैलण्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्तिथिमा परिवर्तन ल्याउँछ । 

दिपावलीमा लक्ष्मीको विशेष पूजा
दिपोत्सवका दिन मिथिलाञ्चल सहित दीपावली मनाइने स्थानहरुमा धनकी देवी माता लक्ष्मीको पूजा अर्चना गरिन्छ । माता लक्ष्मीको सम्मानमा आ–आफ्नो घरको सर सफाई गर्नुका साथै रंगरोगनसम्म गर्छन् । दिपावलीको राति माता लक्ष्मीको  पूजा अर्चना गरी आफ्नो छिमेकीमा प्रसाद वितरण गर्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतसँगको सीमा समस्या : के छ १९५० काे सन्धीमा ? (पूर्णपाठ)

  • २५ कार्तिक, २०७६

(सन् १९५० जुलाई ३१) नेपाल र भारत सरकार शताव्दियौँदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्धप्रति  प्रतिबध्द रहँदै उक्त सम्बन्धलाई अरु

भारतसँगको सीमा समस्या छिनोफानो गरौँ

  • २५ कार्तिक, २०७६

भारतले कास्मीर घटनापछि निकालेको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र उसको भू–भागमा गाभेको घटनापछि उत्पन्न परिस्थितले नेपाल–भारत

प्रचण्डको त्यो 'शक्तिशाली' सम्बोधन : जसले राजनीतिमा 'तरंग' ल्यायाे

  • ११ कार्तिक, २०७६

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र