• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकै महंगो बैंक, जहाँ कर्मचारीले पानी पिउन पैसा तिर्नुपर्छ

जकार्ता । इन्डोनेशियाको सबै भन्दा ठूलो गैर सरकारी बैंकले कास्ट कटिङको लागि स्टाफले पिउने पानीकाे सीमा तय गरिदिएको छ । पीटी बैक सेन्ट्रल एसिया (बिसिए) ले तय गरेकाे सिमा भनेको धेरै पानी पिउन चाहने कर्मचारीले पैसा तिर्नुपर्छ ।

यो कुराको तय बैंकको डाइरेक्टर अर्माड वाहुादी हारतोनले गरेका हुन् । उनी केही हप्ता पहिले मात्र बैंकमा नियुक्त भएका हुन् । अर्माड भन्छन् –‘मेलै देखेको छु धेरै कर्मचारी पानी त्यतिकै खेर फालिरहेका हुन्छन् । उनीहरु धेरैजस्तो आधा गिलास पानी पिएर आधा फाक्छन् । त्यसैले पानीको प्रयोग सीमित गर्न यो नियम तय गरिएको हो । ’

ब्लुमबर्गको रिर्पोटको अनुसार यो बैंक सिर्फ इन्डोनेशियामाको मात्र होइन । विश्वकै सबै भन्दा महंगो बैंक हो । यो बैंकको भ्यालुयसन ५००० करोड डलर रहेको छ । 

तर पनि सेयर होल्डरहरु यो बैंकको सेयर किन्न आतुर रहन्छन् । यो बैंक २००० मा दर्ता भएको हो । यो पछि सिर्फ २००८ मा यो बैंकको सेयरमा गिरावट आइएको थियो । त्यो पछि यो बैंक सधै नाफामा गएको छ । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर