• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 07:36 am

देशकै अब्बल बन्दै प्रदेश १ : मन्त्री कार्की

दमक । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण र विकास खर्चका आधारमा यो प्रदेश देशकै अब्बल प्रदेश बन्दै गएको बताएका छन् । दैनिक कार्य सञ्चालनका लागि विभिन्न ४२ कानून निर्माण भइसकेको र बजेट कार्यान्वयनमा देखिएको प्रभावकारिताले पनि प्रदेश सरकार अब्बल बन्दै गएको उनको भनाइ छ । 

झापाको गौरादहस्थित आफ्नै निवासमा आज आयोजित  पत्रकार भेटघाटमा प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन वर्तमान सरकारले काम गरिरहेको उनले जिकिर गरे । प्रदेशमा यस वर्ष रु ४२ अर्बको बजेट भएको बताउँदै उनले त्यस बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

देशमा तीन खालका कानून विद्यमान रहिरहेकाले पनि सोचे जतिका काम हुन नसकेको गुनासो गर्दै मन्त्री कार्कीले स्थानीय तहका जनप्रतिनधिलाई सुविधा उपलब्ध गराउने कानून निर्माणमा परिपक्बता देखाएकै कारण अन्य प्रदेशको ऐन खारेज हुँदा पनि यहाँको ऐन यथावत् रहेको उनको भनाई छ । 

प्रदेशको नामकरणका लागि विभिन्न नाम अहिले छलफलमा रहेको छ भन्दै मन्त्री कार्कीले केही नाम बहसमा आए पनि सबैको भावना समेटेर यस वर्षको हिउँदे अधिवेशनमै नामकरण गरिने बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खानेपानीको समस्या हल गर्न ठूला आयोजनाहरु सञ्चालन गर्छौं–मन्त्री मगर

  • २५ कार्तिक, २०७६

बर्दिया । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकि छन् ।   खानेपानी तथा

आज १३५औं फाल्गुनन्द जन्मजयन्ती, प्रदेश नं १ मा सार्वजनिक बिदा

  • २५ कार्तिक, २०७६

झापा । किरात धर्मालम्वीका महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्तीको अवसरमा प्रदेश १ ले विदा दिएको छ । प्रदेश १ सरकारले स्थानीय तह अन्तरगत ८ नगरपालिका

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार

  • २४ कार्तिक, २०७६

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन्