• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एक व्यक्तिले लगाए ५० वटा अण्डा खाने बाजी, ४२ वटा खाइसकेपछि मृत्यु !

एजेन्सी । भारत युपीको जौनपुरमा सोमबार ख्याल–ख्यालैमा लगाइएको बाजीका कारण एकको मृत्यु भएको छ । 

जौनपुरको अर्गूपुर गाउँका स्थानीयवासी ४२ वर्षीय सुभाष यादवले जौनपुरको बिबीगन्ज बजारमा एक जना साथीसँग अण्डा खान पुगेका थिए । त्यही उनीहरुबीच कति अण्डा खान सकिन्छ भन्ने चर्चा सुरु भयो र बाजी लगाए । ५० वटा अण्डा र एक बोतल मदिरा पिउनलाई दुई हजार रुपैयाँ दिनुपर्ने बाजी तय भयो । 

ट्र्याक्टर तथा बुलेरो चालक रहेका सुभाषले बाजी स्विकार गरे र अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए पनि । तर, जब उनले ४२औँ अण्डा खाए बेहोस भएर लडे । 

त्यहाँ उपस्थित स्थनीयवासीले उनलाई जिल्ला अस्पताल पुर्याए । सुभाषको अवस्था चिन्ताजनक रहेको थाहा पाएपछि त्यहाँबाट लखनउको सञ्जय गान्धी आयुर्विज्ञान संस्थानमा रिफर गरियो । तर, उनको उपचारका क्रममा राति नै मृत्यु भयो ।

सुभाषले यसै वर्ष मात्रै दोश्रो विवाह गरेको बताइएको छ । पहिलो श्रीमतीबाट चार छोरी जन्मिएपछि उनले छोराको चाहाना पुरा गर्न ९ महिनाअघि दोश्रो विवाह गरेका थिए । 

एक दिनमा कति वटा अण्डा खानु स्वास्थ्यका लागि राम्रो ? 

अण्डा खानाले यसमा पाइने प्रोटिन शरीरभित्र पुगेर एल्बुमिनमा परिवर्तन हुन्छ । यही एल्बुमिनले शरीरको अधिकांश आवश्यकतालाई पुरा गर्छ, जस्तै कोशिकाहरुको मरम्मतदेखि लिएर समग्र स्वास्थ्यमा प्रोटिनको काम गर्छ । 

सामान्यतया एक वयस्क शरीरले दैनिक एक वा दुई वटा अण्डा खानु शरीरमा प्रोटिनको आवश्यकतालाई पुरा गर्छ । तर यदि मृगौला, कलेजको वा आन्द्रा कमजोर छ भने प्रोटिन खानुपर्ने हुन्छ, यस्तोमा चिकित्सकले बढी अण्डा खान सल्लाह दिन्छन् । यद्यपि, दैनिक दुईभन्दा बढी अण्डा खानु स्वास्थयका लागि हानिकारक मानिन्छ ।

४२ वटा अण्डा खानाले सुभाष यादवको मृत्युलाई लिएर चिकित्सक डा. श्रीकान्त शर्मा बताउँछन्, ‘यो सम्भव छ’ । उनका अनुसार, एकै पटक यतिधेरै अण्डा खानले पेटमा पाइने ‘इसोभागस भ्यारिसेस’मा दबाब पर्छ र त्यो यति फैलन्छ कि जसका कारण आन्तरिक रक्तश्राव हुन थाल्छ र तत्काल मृत्यु हुनसक्छ । 

अण्डा र मदिरा एक साथ खानु पेटमा बढ्दो दबाब ‘एक्युट डिलेसन अफ स्टोमाच’को अवस्थामा उत्पन्न हुन्छ । यस अवस्थामा पेट भित्रका अंग अत्याति फुल्ने र फैलिने हुन्छ र त्यो फाट्छ, जसका कराण मृत्यु हुने उनको भनाई छ । (न्यूज एटिन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर