• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लागुऔषध गाँजासहित दुईजना पक्राउ

झापा । झापाको गौरीगन्ज गाउँपालिका–३ बाट लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । गौरीगन्ज–३ का ५७ वर्षीय देवनारायण महतो र गौरीगन्ज–४ का ५० वर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगन्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो । 

पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाँजा र नगद एक हजार ३ सय ५० रुपैयाँ बरामद गरेको छ भने राजवंशीको घरबाट दुई किलो १२५ ग्राम गाँजा  बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर