• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सभापति देउवाले भारतीय राजदूतलाई फोन गरेर भने, ‘अतिक्रमण स्वीकार्य छैन’

फाइल फाेटाे

काठमाडौँ । नेपाली भूमिसमेत समेटेर भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालमा चातर्फी विरोध भईरहेको छ । बिहिबार मात्रै पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग यस विषयमा टेलिफोन संवाद गरेका छन् । 


भारतले सार्वजनिक गरेको नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सभापति देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नक्सा प्रकरणमा विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गरेका छन् । 

‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा भनिएको छ ।कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र  कुनैपनि भुमीमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’

भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको सत्तारुढ दलका भ्रातृ संगठन तथा विपक्षी दलका संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर