• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'ह्यट्रिक हिराे' रियलका नयाँ 'नेइमार'

काठमाडौं । ब्राजिलका १८ वर्षीय युवा स्ट्राईकरले च्याम्पीयन्स लिगमा टर्किस गालाटासारे विरुद्ध स्पेनिस क्लब रियल मड्रिडका लागि एउटै खेलमा ३ गोल अर्थात ह्याट्रिक पुरा गरे ।
ब्राजिलको ईतिहाँसमै च्याम्पियन्स लिगमा १८ वर्षकै उमेरमा ह्याट्रिक हान्ने तथा च्याम्पियन्स लिगको ईतिहाँसमा सो उमेरमा ह्याट्रिक हान्ने हिरो हुन् रोड्रिगो । 

उनले आफ्नो व्यवसायीक फुटबल करिअर ब्राजिलियन सान्तोषबाट सन २०१७ नोभेम्बरबाट सुरु गरेका हुन् । स्पेन पसे लगत्तै ह्यामस्ट्रीङ ईन्जुरीको सिकार बनेका रोड्रिगोले सिजनको सुरुवातमा आफ्नो क्षमता प्रदर्शन गर्न पाएनन् ।

गएराति भने उनले आफुलाई प्रमाणित गरे । युवा खेलाडी रोड्रिगोलाई प्लेईङ ११ मा राखेर जिदानले रिक्स मोलेको कतिपयले बताएका थिए । 

रियलको घरेलु मैदान बर्नाबेउमा बुधबार रातीको खेल सुरु भएके ४ मिनेट मात्रै भएको थियो । ब्राजिलियत विङगर मार्सेलोले दिएको क्रसलाई रोड्रिगोले संयमतापूर्व लिए र देब्रे खुट्टाले आकर्षक गोल गरे । 

त्यसैले उनलाई धेरैजसोले नेईमारसँग दाँज्ने गर्दछन् । उनी मड्रिड आएकै बेलापनि कतिपयले नेइमार भएको टिप्पणी गरेका थिए । 

तर रोड्रिगो यसमा सन्तुष्ट छैनन् । उनले भनेका छन्, ‘नेईमार एक जना मात्रै छन्, अर्को हुन सक्दैन । म रोड्रिगो हुं र रियलको रोड्रिगो नै हुन चाहान्छु नेइमार हैन ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर