• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

क्रिकेट : नेपाल १ सय ५३ रनमा समेटियो

फाइल तस्वीर

काठमाडौं । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल १ सय ५३ रनमा समेटिएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा  १ सय ११ रनको अग्रता बनायो । लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने १ सय ७३ रन पनि बनाउन सकेन ।

पछिल्लो समय एक दिवसीय र ट्वान्टी–२० खेलमा अभ्यस्त नेपाली टोलीले तीन दिवसीयमा भने राम्रो प्रदर्शन सकेन । ३ सय ६४ रन पक्ष्याएको नेपालले सुरुआतमा नै विकेट गुमाउन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुँदै पवेलियन फर्किदा नेपालको इनिङ संकटमा परेको थियो ।

पाँच रन हुँदा नेपाली टिमका कप्तान ज्ञानेन्द्र पवेलियन फर्किदा पहिलो विकेटको रुपमा क्रिजमा आएका शरद भेषवाकर पनि चार रनमा पेभेलियन फर्किएपछि नेपालले सात रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि १६ रन हुँदा नेपालले तेस्रो विकेटको रुपमा राजु रिजाललाई गुमाउन पुग्यो । राजु ८ रनमा पवेलियन फर्किउ । त्यसपछि आरिफ शेख र दिपेन्द्रसिंह ऐरी नेपालको पारीलाई बचाउने प्रयास गरे पनि उपकप्तानको ब्याटिङ चल्न सकेन । १ रनमा पवेलियन फर्किदा उनलाई साथ दिएका  आरिफ शेख १० रनमा आउट भए । नेपालले ३४ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि विनोद भण्डारी र सोमपाल कामीले अर्धसतकीय साझेदारी गरे । विनोद ३६ रनमा आउट हुँदा नेपालले १ सय ६ रनमा छैटौं विकेट गुमायो । त्यसपछि पनि नेपालले करण केसी र पवन सराफलाई सस्तैमा गुमायो । सोमपाल कामी पनि रनमा २६ रनमा आउट भएपछि नेपालले १ सय ११ रनमा नौ विकेट गुमायो । अन्तिममा सन्दिपले ३९ रन बनाउदै नेपालका लागि उच्च स्कोरर बने ।

यससँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ । र, नेपाल फलो अनमा समेत परेको छ । तर, एमसीसीले नेपाललाई फलो अन नदिने भएको छ ।

दोस्रो दिनको खेलमा नेपाल अल आउट भएपछि एमसीसीले दोस्रो इनिङ सुरु गरेको छ । दोस्रो दिनको दोस्रो इनिङ्समा एमसीसीले २ विकेटको क्षतिमा ९१ रन जोड्दा ३ सय २ रनले अगाडि छ । एमसीसीले तेस्रो दिन शुक्रबार पुनः ब्याटिङ गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर