• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 09:53 pm

भारतले सीमा अतिक्रमण गर्दा पनि सरकार गम्भीर भएन : साउद

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

काँग्रेस नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भिर नभएको देखिएको तर्क पनि गरे । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धि सबै समस्या समाधानका लागि कुटिल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उहाँले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने आवश्यक्ता पनि आंैल्याए ।

अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कांग्रेस र मधेशवादी दलको शर्तका कारण संविधान संशोधन प्रस्ताव पेश हुन नसक्नु ‘दुर्भाग्य’–गौतम

  • १४ जेठ, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका युवा नेता विजय गौतमले संघीय संसदमा संशोधन प्रस्ताव पेश

कोरोनाको कहर : सिमामा सुरक्षाकर्मीलाई सकस

  • १४ जेठ, २०७७

झापा । सरकारले सिमामा निगरानी बढाएको छ । तर, राष्ट्रिय जिम्मेवारी बोेकेर सीमामा खटिएका सुरक्षाकर्मीले हावाहुरी र पानीसँग आफ्नै सुरक्षा कसरी गर्लान ?

उपमहानगरमा क्वारेन्टाइन क्षमता बढाउन वडाध्यक्षहरुको माग

  • १४ जेठ, २०७७

जनकपुरधाम । क्वारेण्टाइनको अभाव देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले वडा वडामा क्वारेण्टाइनको स्थापनाको माग गर्दै ३ सुत्रिय माग