• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 12:18 am

राजपासंग एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन लागि परेका छौं : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन आफ्नो पार्टी लागि परेको दावी पनि गरे । पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकको संघीयतालाई बलियो बनाउन नसकिने दावी पनि गरे ।

भट्टराईले यादवद्धारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फर्स्योट भए ६ लाख ३५ हजार गुनासो

  • १९ जेठ, २०७७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण

गुल्मीका स्थानीय भण्डारीले जिल्लामा पठाए ९ सय २० थान आरडिटी किट

  • १९ जेठ, २०७७

काठमाडौं । गुल्मी जिल्ला स्थायी घर भएका भीमकान्त भण्डारीले जिल्लाका लागि ६ सय थान आरडिटी किट पठाएका छन् । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त

पाल्पामा थप दुईजनामा कोरोना संक्रमण

  • १९ जेठ, २०७७

पाल्पा । पाल्पामा सोमबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । सोमबार भैरहवास्थित प्रदेश