• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सञ्जय राना सहित दुई जना कारागार चलान, दुई जनालाई धरौटीमा छोड्न आदेश

धनगढी । ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का सञ्जय राना सहित दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रशाद नेपालको ईजलासले राना सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई कारागार चलान गर्न आदेश दिएको हो । चारै जनालाई सोमवार नै जिल्ला अदालतमा पेश गरिएकोमा तीन दिन सम्म उनीहरुको बयान भएकोमा आज मात्रै थुनछेक बहस भएको थियो । चारै जनामाथि ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

वडा नम्बर ६ का कमल बहादुर बिक र रानाकी साली कल्पना दिवाकोटीलाई जनही तीन लाख ५० हजार धरौटीमा रिह गर्न आदेश भएको जिल्ला अदालत कैलालीका तहसिलदार तथा सूचना अधिकारी नरवहादुर नेगीले बताए । 

उनीहरु मध्ये तीन जनालाई भदौ १८ गते पक्राउ गरिएको थियो भने रानाकी साली केही दिनपछि पक्राउ परेकी थिईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर