• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 05:57 pm

सोमालियामा भीषण बाढी, २५ को मृत्यु

मोगादिशु । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् ।

सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

डब्लुएचओ सोमालियाले गरेको ट्वीटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको जनाइएको छ ।

सोमालियास्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यालय (ओचा)ले बाढीबाट पाँच लाख ४७ हजार मानिस प्रभावित भएको जनाएको छ । भारी वर्षाका कारण शाबाले नदीमा पानीको स्तर निकै बढेको र नदी बेलेड्वेन शहरमा पसेको छ । यस शहरमा मात्र दुई लाख ३२ हजार मानिस प्रभावित भएका छन् ।

जुबा र शाबेले नदीसँगै देशका सबैजसो साना ठूला नदीमा बाढी आएको र त्यसबाट जताततै जलमग्न भएको छ । 

सोमालियाको जल तथा भूसूचना व्यवस्थापन विभागले सामोलियामा अझै एक साता भारी वर्षा हुने अनुमान गरेको छ । सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

  • २७ कार्तिक, २०७६

गाजा सिटी ।  इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय

 सडक दुर्घटनामा १९ जनाको मृत्यु

  • २७ कार्तिक, २०७६

लिमा ।  पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

  • २७ कार्तिक, २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान