• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:22 pm

मैत्रीपूर्ण फुटसलमा पत्रकारको टोली विजयी

झापा । दमक जेसिजले हरेक वर्षझै यस वर्ष पनि जेसिज सप्ताह आयोजना गरेको छ । जेसिजले सप्ताहका अवसरमा बर्सेनि सञ्चालन गर्ने विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । 

दमक जेसिज वर्ष २०१९ का अध्यक्ष भीमराज केसीका अनुसार शुक्रबारदेखि सुरु सप्ताहअन्तर्गत तीन दिनसम्म विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । सप्ताहमा जेसिजको समुदाय आधारित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । केसीका अनुसार उद्घाटनसहितको दमक चोकदेखि बेलडाँगीसम्म साइकल यात्रा गरिएको थियो ।

मैत्रीपूर्ण फुटसलमा पत्रकारको टोली विजयी

यस्तै, सप्ताह कार्यक्रमअन्तर्गत शुक्रबार भएको पत्रकार र दमक उद्योग वाणिज्य संघबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । पत्रकार टोलीले वाणिज्य संघको टोलीलाई ८–१ को विशाल गोलअन्तरले पराजित गरेको हो ।

पत्रकारका लागि उद्घाटन गोल सुदीप अधिकारीले गरेका थिए भने लगत्तै डिकेश लामा, गोविन्द लुवागुन, झगेन्द्र खड्का र जीवन चुँडालले गोल गरेका थिए । हिमशिखर मिडिया ग्रुपका पत्रकार गोविन्द लुवागुन खेलको म्यान अफ दी म्याच घोषित भए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक

  • १४ जेठ, २०७७

एजेन्सी । बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ । अवे मैदानमा भएको खेलमा बार्यनले बोरुसियालाई १–० ले पराजित गरेको छ ।

बुण्डेस लिगामा आरबी लेइप्जिगको शानदार जित

  • १२ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको जर्मन बुण्डेस लिगनमा अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले मेन्जलाई ५–० ले पराजित

हल सिटीका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • १२ जेठ, २०७७

एजेन्सी । इंग्ल्याण्डको च्याम्पियनसिप क्लब हल सिटीले आफ्नो क्लबका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । इंग्लिस फुटबलको दोस्रो