प्रियंकालाई सप्राइज दिन निक म्युजिकल टुरबाट विश्राम लिदै
एजेन्सी । निक जोन र प्रियंका चोपडाको २ डिसेम्बर २०१९ मा विवाह गरेको एक वर्ष पुग्दै छ । यो विावाहको विशेष दिनलाई विशेष बनाउन निक जोनले आफ्नो म्युजिकल टुरबाट केही समय श्रिाम लिने भएका छन् ।
प्रियंकालाई सप्राइज दिन निकले टुरबाट विश्राम लिन लागेको खबर भारतीय मिडियाले दिएको छ । प्रियंकाले केही हप्ता अगाडी मात्र आफ्नो जन्मदिन विशेष रुपमा मनाएकी थिइन् ।
प्रियंका र निकले विवाह गरेको २ डिसेम्बरमा १ वर्ष पुग्दै छ । उनीहरुले राजस्थानको उम्मेद भवनमा भव्य तरीकाले विवाह गरेका थिए भने उनीहरुको विवाह ३ दिनसम्म चलेको थियो ।
प्रतिकृया दिनुहोस