• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सीमा विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । नेपालको कालापानी क्षेत्रमा पर्ने लिपुलेक तथा लिम्पियाधुरा भारतले हालै जारी गरेको नयाँ नक्सामा समावेश गरेपछि नेपालमा तीव्र विरोध हुन थालेको छ । भारतीय ज्यादतीविरुद्ध नेपालका ठाउँठाउँमा विरोध भइरहेको छ । राजनीतिक दलक विभिन्न भ्रातृ संगठनलगायत सर्वसाधारण पनि पनि विरोधमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वपक्षीय बैठक आह्वान गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज ४ बजे बालुवाटारमा बैठक बस्ने गरी सर्वपक्षीय बैठक बोलाएका हुन् । भारतले जारी गरेको नयाँ नक्सा मान्य नहुने भन्दै सरकारका विभिन्न मन्त्री तथा विपक्षी दलका नेताहरुले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले सर्वपक्षीय भेला बोलाएका हुन् । 

 परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एकपक्षीय निर्णय मान्य नहुने बताइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर