• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी हुन् प्रधानमन्त्रीको सचिवालयका सम्भावित नयाँ अनुहार ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले प्रधानमन्त्रीलाई सहज वातावरण भएको भन्दै राजीनामा दिने समाचार बाहीरिएसंगै नयाँ अनुहारको बारेमा पनि चर्चा सुरु भएको छ ।

सचिवालयका सदस्यहरुको काम कारबाहीलाई नजिकबाट नियालेर त्यसबाट आफूलाई फाइदाभन्दा बढी बेफाइदा मिलेको संकेत प्रधानमन्त्री ओलीले पाएसंगै सचिवालय फेर्ने मुडमा उनी पुगेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली वर्तमान सचिवालयको टोलीबाट थोरै टिप्ने, बाँकी बाहीरबाट ल्याउने तयारीमा रहेका छन् । बालुवाटार निकट स्रोतका अनुसार अधिकांश अनुहारसंग उनले प्रत्यक्ष, अप्रत्यक्ष संवाद चलाइसकेको बालुवाटार स्रोतको दाबी छ । 

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ठाउँमा पार्टीकै जिम्मेवार नेता, पूर्व मन्त्री भइसकेका केही नामको चर्चा छ । शालीन नेताका रुपमा चिनिने नुवाकोटका महेन्द्रबहादुर पाण्डे, अर्का नेता देवराज घिमिरे ओलीको रोजाइमा परेका छन् । केहीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त पदमा ल्याउन सुझाएका छन् । भद्र र शालीन नेता ज्ञवाली ओलीका विश्वासपात्र मानिन्छन् । त्यसो त रिमाल आफंै दोहोरिनका लागि कसरत गरिरहेको खबर समेत छ ।

यो बीचमा सरकारको आलोचना बढ्दा पनि प्रेसको भुमिका प्रभावशाली नदेखिएको भन्दै ओली प्रेसलाई मसिनो ढंगले बुझेको र मिडिया हाउसमा राम्रो सम्बन्ध भएको पत्रकारलाई सचिवालयमा ल्याउन चाहेका छन् । नेपाल पत्रकार महासंघका सभापति भइसकेका शिव गाउँले र महासँघको चुनावमा सभापतिमा पराजित पत्रकार तीर्थ कोइराला प्रेस सल्लाहकारको रुपमा चर्चामा छन् । अर्का पत्रकार बालकृष्ण बस्नेतको नाम पनि सचिवालयमा जान सक्ने सम्भावना छ । महासंघको पछिल्लो चुनावमा बस्नेत प्रधानमन्त्री ओलीको रोजाईमा परेका थिए ।

हाल सचिवालयमा परराष्ट्र सल्लाहकार डा.राजन भटट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव राजेश बज्राचार्य, इन्द्र भण्डारी, प्रेस संयोजक चेतन अधिकारीसहितलाई मंसिर १ गतेदेखि लागु हुने गरी राजिनामा दिन ओलीले निर्देशन दिएका थिए । ती मध्ये केही दोहोरिने सम्भावना छ । दोहोरिनेमा बर्जाचार्य र अधिकारी चाहिँ करिब करिब पक्का रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालय यो पटक अलि बृहत हुने र त्यसमा प्रोफेशनल अनुहारको बाहुल्य हुने बुझिएको छ । ओली निकट प्रभावशाली नेताहरु माधव ढुंगेल, युवराज बाँस्कोटासहितको व्यवस्थापन हुन सक्ने जानकारी स्रोतले दियो ।

प्रधानमन्त्री ओली सरकारको व्यापक विरोध हुँदा पनि सचिवालयले गर्नपर्ने काम, मिडियासंगको सुमधुर सम्बन्ध बनाउन नसकेको र केही सूचनाहरु आफूसम्म आउन समेत नदिएको थाहा पाएपछि विशेषगरी प्रेस सम्बन्ध सचिवालयका सदस्यसंग रुष्ट भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर