• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नवनियुक्त राजदूत दाहालले सम्हाले कार्यभार

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली नवनियुक्त राजदूत महेशराज दाहालले कार्यभार सम्हालेका छन् । गत असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राजदूतका रुपमा नियुक्त गरेकी थिईन् । 

राजदूतको पदभार ग्रहण गर्न शनिबार अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दुताबास पुगेका दाहाललाई कर्मचारीहरुले स्वागत गरेका थिए । 

पदभार ग्रहण गरेलगत्तै राजदूत दाहालले अष्ट्रेलियाली चिफ अफ प्रोटोकल अफ अष्ट्रेलिया तथा ट्रेड अफ अष्ट्रेलियाकी केट लोगनसँग भेटवार्ता गरेको दूताबासले जानकारी दिएको छ । दाहाललाई भेटन् लेगन दूताबास पुगेकी थिईन् । 

तत्कालिन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि खाली रहेको पदमा नेकपाले दाहाललाई राजदूतमा नियुक्त गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर