• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 04:56 pm

भक्तपुर नेकपाको अभेद्य किल्ला भैसक्यो : उम्मेदवार डीपी ढकाल 

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट भक्तपुर १ (क) का उम्मेदवार डीपी ढकालले भक्तपुर नेकपाको  अभेद्य किल्ला भैसकेको बताएका छन् । ढकालले भक्तपुर मा अब नेकपालाई कुनै तागतले पराजित गर्ने नसक्ने दावी गरे ।

आज भक्तपुरको कमलविनायकमा अनेरास्ववियू र राष्ट्रिय युवा संघको संयुक्त रुपमा आजोजित चुनावी  सभामा वोल्दै ढकालले आफ्नो जित सुनिश्चित रहेको दावी गरे। ढकालले भने (ुभक्तपुर १(क)का जनताले नेकपालाई ५ वर्षका लागि जनमत दिएकाले हाम्रो जित सुनिश्चित छ।ु 

चुनावी सभामा नेकपाका युवा नेता एवम् प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा नेकपाको विजय यात्रालाई कसैले रोक्न नसक्ने वताए। बस्नेतले भने (ु भक्तपुरमा अब नेकपा वाहेक कसैले नचिताए हुन्छ ।ु
नेता बस्नेतले आफ्नो पार्टीका उम्मेदवार डीपी ढकाल स्थानीय स्तरमा तथा राजनीतिक बृत्तमा आफु जत्तिकै शक्तिशाली भएको बताए । आफू मन्त्री भएको बनाएको सम्बन्ध जत्तिकै डीपीको पनि सम्बन्ध रहेको उनको भनाई थियो ।

चुनावी सभामा अनेरास्ववियूका संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ , युवा संघका सहसंयोजक रमेश पौडेल , नेकपा युवा विद्यार्थी जिल्ला अध्यक्ष रमेश मल्ल , भक्तपुर जिल्ला अध्यक्ष वच्चन देउजा लगायतले चुनावी अभियानमा अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिएका थिए। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पदको दुरुपयोग, तत्कालीन मन्त्री प्रभु साहद्वारा एउटै टोलमा ३२ करोड बजेट 

  • २० असार, २०७७

गौर । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद

प्रमुख प्रतिपक्ष दलको विरोध, मन्त्रालयकाे रातो किताब पढ्न संसदमा अनुपस्थित

  • २० असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ । शनिवारको बैठकमा

प्रदेशसभा सदस्यले बन्दाबन्दीमा यातायात खर्च नलिइने

  • २० असार, २०७७

पोखरा । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।