• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 01:43 pm

स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले “राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु”, भने । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उहाँले आग्रह गरे ।

“देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भने, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।” उनले भने, “जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ ।”

सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे । आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित

गैंडा पार्कको शिलान्यास

  • २४ मङ्सिर, २०७६

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ

प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

  • २४ मङ्सिर, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा