• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 02:50 pm

करिब साढे तीन सय वर्ष पुरानाे चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न [फाेटाेफिचर]

काठमाडौं । श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबीर चढाएपछि सकिएको हो । जात्रा करीब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ ।

नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा शुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने