• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

किन आए श्यामशरण सुटुक्क नेपाल ? 

काठमाडौं । भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन् । नेपाल र भारतबीचको सीमा विवादको चर्चा चलिरहेको बेलामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

उनी इन्डिगो एयरलाइन्सबाट आइतबार काठमाडौं आएका हुन् । स्रोतका अनुुसार उनी सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल साथै प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

भारतीय समाचार बोकेर उनी नेपालमा आएको स्रोतले जानकारी दिएको छ । समाचार दैनिकलाई प्राप्त जानकारी अनुसार उनी ओली, देउवा र प्रचण्डसंग भेटघाट गरेर सीमा विवादको बारेमा छलफल गर्नेछन् । 

भारतीय राजनीतिक नक्सामा नेपालको भूमि भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ । यसैबीच उनी नेपाल आएका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर