• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 03:01 pm

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

कालोपोके रोगका कारण उत्पादनमा २५ प्रतिशत गिरावट

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू चिन्तित बनेका छन् । एक–दुर्इ प्रजातिको धानमा देखिएको यो रोग हावाका माध्यमबाट सबै प्रजातिका धानमा फैलने हुँदा किसान समस्यामा परेका हुन् । 

वर्षदिन खाने खेतीका रूपमा लिइने धानबालीमा यसरी रोगले सताउन थालेपछि किसान चिन्तित बनेका छन् । अघिल्ला वर्षहरूमा केही मात्रामा देखा परेको यो रोग अहिले भने पाल्पाका अधिंकाश फाँट तथा टारी खेतहरूमा पनि देखा परेको छ ।

स्थानीय जातको धानमा यो रोग देखिएको भनेर किसानले उन्नत जातको बिउको प्रयोग गरेका हुन् । तर, उन्नत जातका बिउ प्रयोग गर्दा झनै यो रोगको प्रकोप फैलिएको मातागढी गाउँपालिका–३ रुपसेकी सरस्वती कुमालले बताइन् ।

फाँटका धानमा कालोपोके रोग देखिएपछि उत्पादनमा पनि गिरावट आउने भएको छ । परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक र उन्नत जातका बिउ प्रयोग गर्दा पनि कालोपोके रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको माडीफाँट, दमार, भैसीकट्टा, झडेवा, रामपुर, पूर्वखोला, अगाहाखोला, अर्गली, सर्देवा, बाँसटारीलगायतका फाटँहरूमा कालोपोके रोग देखिएको छ । यस वर्ष युएस ३१२ सावित्री तथा लोकल जातका धानमा बढी मात्रामा कालोपोके रोग देखिएको भए पनि सबै प्रजातिका धानमा यो रोगले आक्रमण गरेको कृषी ज्ञान केन्द्र पाल्पाले जनाएको छ । बिउ र माटोको उपचार हुन नसक्दा तथा पानीको मात्रा धेरै हुदाँ यो रोग लाग्ने गरेको छ । जसका कारण २५ प्रतिशतसम्म उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको तीन सय हेक्टर बढी खेतमा लगाइएको धानबालीमा कालोपोके रोगले सताएको छ । केही दशकयता अन्य खेतीहरू गर्न छाडेर धान खेती मात्र गर्दै आएका किसानले धानबालीमा पनि कालोपोके रोग देखिएपछि आगामी दिनमा धान खेती पनि छाडेमा खेतीयोग्य जमिन बाँझै रहने चिन्तासमेत बढेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने