मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत

बुटवल । मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघले सोमबार बुटवलमा स्वागत गरेको छ । स्वागतका क्रममा नीजि क्षेत्रको बिकासकालागि उत्पन्न भएका समस्या तथा अवसर र दुई संघबिचको सहकार्यमा छलफल भएको थियो । 

मकवानपुरबाट आएको टोलीलाई संघमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनादेखि हालसम्मको बिकास क्रम, संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेका सामाजिक योगदान तथा उद्योगी व्यबसायीका समस्या समाधानमा संघले गरेका पहलकदमीहरुको बारेमा जानकारी गराएका थिए । उनले व्यबसायिक समस्या समाधानकालागि दुई संघबीच सहकार्यकालागि बुटवल तयार रहेको प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको बारेमा संक्षिप्त जानकारी गराउँदै बुटवलले जस्तै मकवानपुरले पनि सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराएका थिए । 

दुबै संघका अध्यक्षहरुले विगतमा स्थानीय स्तरमा जनप्रतिनीधि नहुँदा स्थानीय तहले गर्ने काम गरेपनि अहिले सरकारी निकायबाट अपहेलित हुनु परेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, महासंघका सदस्य तथा मकवानपुरका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधव रिजाल, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, सचिव कमलप्रसाद पौडेल लगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर