प्रदेश पाँच सरकारको निर्णय : लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा खनाल

यस्ता छन् अन्य ८ निर्णय

बुटवल । प्रदेश पाँच सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर राजेन्द्रप्रसाद खनाललाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको सोमवारको बैठकले खनाललाई नियुक्त गरेको हो । अस्पतालका मेसु डाक्टर कृष्ण खनालले सेवा अवधि पुरा गरी अवकास लिएपछि खाली भएको मेसु पदमा डाक्टर राजेन्द्रप्रसाद चयन भएका छन । 

मन्त्रीपरिषद बैठकले विभिन्न आठ वटा निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । बैठकले स्मार्ट कृषि गाउ कार्यविधि र प्रदेश विपद ब्यवस्थापन कार्य सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । 

त्यस्तै बैठकले बाकेको जानकी गाउपालिकाको केन्द्र परिवर्तन सम्वन्धीको प्रस्ताव नेपाल सरकारसमक्ष सिफरिस गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगका सदस्यहरुको पारिश्रमिकसेवाको सर्त र सुवीधा स्वीकृत गरेको छ । 

त्यस्तै कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ सदस्यको सुविधा स्वीकृत गरेको छ । प्रवक्ता चौधरीका अनुसार बैठकले सूचना तथा स.चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकको  पारिश्रमिक र  सेवा सुविधा मापदण्ड समेत स्वीकृत गरेको छ
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर