• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रोमानियालाई पराजित गर्दै स्पेन युरोकप फुटबलमा छनाेट

एजेन्सी । स्पेनले युरोकप फुटबलको छनौट यात्रा शानदार एवम् सजह जितका साथ समापन गरेको छ । समूह एफमा रहेको स्पेनले सोमबार राति भएको छनौट चरणको आफ्नो अन्तिम खेलमा रोमानियालाई ५–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गरेको हो । एक गोल भने उपहार गोल पायो । फाबिएन रुइजले आठौँ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । ३३ र ४३ औँ मिनेटमा जेराड मोरार्ड मोरेनोले गोल गरेपछि स्पेनको अग्रता ३–० मा पुग्यो ।

यस्तै ४५औँ मिनेटमा रोमानियाका एड्रिएन रुसले आत्मघाती गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा मिकेल ओयार्जाबालले गोल गरेपछि स्पेन ५–० ले विजयी भयो । समूह विजेता बनेको स्पनेको १० खेलबाट २६ अंक बनाएको छ ।

सोही समूहको अर्को खेलमा स्वीडेनले फारोइ आइल्याण्डलाई ३–० ले पराजित गरेको छ । १० खेलबाट २१ अंक जोडेको स्वीडेन समूह उपविजेताको रुपमा यसअघि नै युरोकपमा छनौट भएको थियो । यस्तै अर्को खेलमा नर्वेले माल्टालाई २–१ ले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर