• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विश्वकप छनौटमा कुवेतविरुद्ध खेल्दै नेपाल, यस्तो छ प्लेईङ ११

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत नेपालले कुवेतको सामना गर्दैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल दिउँसो २ः४५ बजे हुनेछ ।

छनोट चरणमा कुवेत विरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंक सहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।

चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँगग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।


सम्भावित प्लेईङ सेट–

गोलरक्षक  किरण चेम्जोङ

डिफेन्डर  रन्जित धिमाल, अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल

मिडफिल्डर सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, विक्रम लामा, रवि पासवान

स्ट्राइकर अभिषेक रिजाल

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर