• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

काँक्रेविहारमा अत्याधुनिक शौचालय शिलान्यास

सुर्खेत । आज विश्व शौचालय दिवसको अवसरमा कर्णाली प्रदेशको ऐतिहासिक पर्यटकीय स्थल नेपालको एक मात्र संरक्षित वन काँक्रेविहारमा अत्याधुनिक शौचालयको शिलान्यास गरिएको छ । 

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने उद्देश्यअनुरूप वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्रसंघ (युएनडिपी) र अन्तरनिर्भर समाज, सुर्खेतको साझेदारी एवं ९ नम्बर वडा कार्यालयको समन्वयमा शौचालय निर्माण गरिन लागेको बताइएको छ । 

शौचालयको शिलान्यास गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि शौच गर्न अब सजिलो हुने भएकाले अब अझै बढी पर्यटकको आगमन हुने विश्वाव व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा लाटीकोइलीका स्थानीय तारा राष्कोटीले काँक्रेविहारमा शौचालय निर्माण हुनु स्थानीयबासीको धेरै अगाडिको एउटा सपना पूरा भएको बताए  । सामुदायिक संरचना विकासअन्तर्गत २८ लाखको लागतमा शौचालय निर्माण हुन लागेको शौचालय वातावरणमैत्री, बालमैत्री, अपांगमैत्री हुने अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले बताए  । 

यस्तै, वीरेन्द्रनगर नगरपालिका–१ वडा कार्यालयनजिक पनि यस्तै किसिमको शौचालय निर्माणको आजै शिलान्यास गरिएको छ । यी दुवै शौचालय यही १५ चैतभित्र निर्माण सम्पन्न हुने व्यवस्थापक शाहीले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर