• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 04:42 am

एक घन्टा जेल बसेर फर्किए पत्रकार भण्डारी

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । उक्त कैद सजाय बमोजिम उनी एक घन्टा जेल बसेर निस्किएका हुन् । 

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो । 

जिल्ला अदालतबाट पत्र पाएपछि पत्रकार भण्डारी मोटरसाइकल चढेर कारागार गएका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दुप्चेश्वर महादेव मन्दिरमा जात्रा

  • २५ मङ्सिर, २०७६

बेत्रावती ।  नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा

पुन : रोकियो कानूनको भर्ना

  • २५ मङ्सिर, २०७६

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्र्ष(एलएलबी) को भर्ना प्रक्रिया पुनः

जङ्गली हात्तीको आक्रमणबाट दुईको मृत्यु

  • २५ मङ्सिर, २०७६

भीमदत्तनगर ।  जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु