एक घन्टा जेल बसेर फर्किए पत्रकार भण्डारी
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । उक्त कैद सजाय बमोजिम उनी एक घन्टा जेल बसेर निस्किएका हुन् ।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालतबाट पत्र पाएपछि पत्रकार भण्डारी मोटरसाइकल चढेर कारागार गएका थिए ।
प्रतिकृया दिनुहोस