• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सांसदबाट राजीनामा दिन तयार भएका रामवीरलाई मन्त्री ‘उपहार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधामन्त्री ओलीले केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् केही नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । 

रमाइलो कुरा त के छ गत वर्ष नै सांसद् पद त्याग्न तयार भएका रामवीर मानन्धरलाई पनि मन्त्रीको चिट्ठा परेको छ । उनी सहरी विकास राज्यमन्त्री बनेका छन् । 

मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । 

बर्दियाबाट चुनाव हारेका वामदेव गौतमलाई सांसद बनाउने योजनाअनुसार उनले सांसद्बाट राजीनामा दिने तयारी गरेका थिए । तर, अन्तिम समयमा उनले त्यो निर्णय लिनबाट पछि हटेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर