• मंगलबार ८-२४-२०७६/Tuesday 12-10-2019/ 01:27 am

मन्त्रिपरिषद् विस्तारदेखि पदभार ग्रहणसम्म ... [फोटोफिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार ल्याउनका लागि प्रधानमन्त्री ओलीले पुरानालाई बिदाइ गरे । मन्त्रीको चर्चामा रहेकाहरूको नाम प्रधानमन्त्री ओलीकाे लिस्टमा अटाएन भने कोही चर्चामै नरहेका नाम मन्त्री भए । 

केही सातादेखि नै मन्त्रिपरिषद् पुनर्गठनको विषयले चर्चा पाइरहेको थियो । प्रायजसोः महत्त्वपूर्ण निर्णय लिँदा आकस्मिक गर्ने प्रधानमन्त्री ओलीले यसपटक भने केही सूचना चुहाउँदै मन्त्रिमण्डल विस्तार गरे । 

मन्त्रिमण्डल विस्तारका क्रममा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक छलफल गरे । नयाँ मन्त्रीहरूको नामावली तयार गरेर केहीलाई फोनमार्फत त केहीलाई बालुवाटारमै बोलाएर त्यसबारे जानकारी दिए । सोमबार नै मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार र बुधबार पार्टी र सरकारको बारेमा थप गृहकार्य गरे । 

पार्टीको सम्पूर्ण जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएर प्रधानमन्त्रीमा आफू पाँच वर्ष रहनेदेखि मन्त्रिमण्डल पुनर्गठन तथा सचिवालय परिवर्तनसम्म प्रधानमन्त्रीको केही साताका महत्त्वपूर्ण उपलब्धि रहे । 

सम्बन्धित समाचारहरू ः 

-अन्ततः मन्त्रिपरिषद् पुनर्गठन, उपेन्द्र यादव कानुनमन्त्री [सूचीसहित]

-मन्त्रिपरिषद् पुनर्गठन : ‘जो होचो, उसकै मुखमा घोचो !’

-नयाँ मन्त्रीको शपथग्रहण ४ बजे, यी हुन् भित्रिने र बाहिरिने अनुहारहरू

-नवनियुक्त मन्त्रीहरूले लिए शपथ

-बिदा हुँदै निवर्तमान मन्त्री विष्टले भने–‘साथ दिनुभएकाेमा सबैलाई धन्यवाद’

-कुनै लोभ र डरबाट प्रभावित हुन्न : नवनियुक्त कृषिमन्त्री भुसाल

-पदभार ग्रहणपछि मन्त्री त्रिपाठीले भने–‘समस्या अन्त्यका लागि सहमतिका साथ अघि बढ्छु’

-मन्त्रिपरिषद् पुनर्गठन : प्रभु साहको आक्रोश, विष्णु रिजालको जवाफ !

मन्त्रिमण्डल विस्तार भएपछि सपथ ग्रहण हुँदै कार्यभार सम्हाल्दासम्म देखिएका विविध तस्बिरहरु :

तस्बिर ः रासस

शब्द ः रूपक चौलागाईं/समाचार दैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने