• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

थामसेर्कु डेभलपरको कानूनी उपचार खोज्ने चेतावनी  

काठमाडौं । थामसेर्कु डेभलपर प्रालिले मिडियामा जथभावि लेखेर कम्पनीको प्रतिष्ठा माथि आँच पु¥याउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।

विहिबार एक विज्ञप्ती जारी गर्दै  थमसेर्कु डेभलपर्सले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको बिषयमा सत्य तथ्य नबुझी जथाभावि लेखेका उल्लेख गर्दे कम्पनीले सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ । प्रेस स्वतन्त्रता र जनताको सुसूचित हुन पाउने अधिकारको सम्मान गछौ तर पत्रकारीताको धर्म र दायित्व भुलेर काम गर्दा पत्रिकाकै विश्वसनीयतामा आँच पुग्ने भन्दै प्रकाशित समाचारले संस्था दुःखी बनाएको विज्ञप्तीमा उल्लेख गरेको छ । 

सरकारको प्रचलित कानुन वमोजिम नेपाल ट्रष्टको कार्यालयले वोलपत्र आव्हानको सुचना प्रकाशित गरे वमोजिम यस कम्पनीले उक्त बोलपत्रमा सहभागी भएको र वोलपत्रमा प्रतिस्पर्धा गरी सवैभन्दा बढी लिज रकम तिर्न वुझाउन कबुल गरे बमोजिम उक्त लिज आफ्नो कम्पनीले प्राप्त गरेको कम्पनीको भनाई छ ।

प्रकाशित समाचारले २८ आना जग्गाको ३० बर्ष लिजको जम्मा रकम ६ अरव ४५ करोडको प्रस्तावको उल्लेख गरेको समाचार प्रकाशन गरेको छ तर यो हिसावले प्रति आना २३ करोड ३५ लाख पर्न आउने भन्दै यो सम्भव नहुने कुरामा मिडियाले ख्याल नपु¥याएको विज्ञप्तीमा उल्लेख गरेको छ । 

   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर