मुख्यमन्त्री शाहीको निर्देशन–‘कागजमा समय खेर फाल्ने होईन, परिणाममुखी काम गर्नुस’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले योजना कार्यान्वयनलाई तिव्र वनाउन निर्देशन दिएका छन् । शुक्रवार भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीलाई सम्वोधन गर्दै योजना कार्यान्वयन र वजेट खर्चलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।

भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्ष्मन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै भने– ‘कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी काम गर्नुस ।’ 
उनले विधि प्रक्रियाको नाममा योजना कार्यन्वयनलाई ढिला गर्ने, काम रोक्ने, टेवलमै काम अल्झाउने प्रवृत्ति सह्य नहुने बताए ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको वजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगत वर्षवाट पाठ सिकेर वजेट कार्यान्वयनको गतिलाई वढाउनुपर्ने बताए । मन्त्रालय मातहतका कार्यालयलाई समय तालिका तय गरेर काम गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले समयतालिका वमोजिम काम भए नभएको मन्त्रालयले अनुगमण गर्ने बताए ।

प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण वजेट कार्यान्वयनमा केही ढिलाई भएको भएपनि दोश्रो चौमासिकमा मन्त्रालयमा प्राप्त वजेट खर्च गरिसक्ने स्प्रिटका साथ काम गर्नुमा मुख्यमन्त्री शाहीले जोड गरे ।

केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति रहेको बताउदै मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिने बताए । मापदण्डका आधारमा कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरेर थप सुविधा प्रदान गर्ने तयारी समेत प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

समिक्षा गोष्ठीमा वोल्दै भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले गएको वर्षको तुलनामा यो वर्ष मन्त्रालयको कार्यप्रगति राम्रो रहेको बताए । गएको वर्ष यो अवधिमा योजना छनौटको काम नै नसकिएको अवस्था रहेकोमा चालु आर्थिक वर्षमा धेरै योजनाहरु ठेक्का भई कार्यान्वयन प्रक्रियामा गएको, धेरै योजनाहरुको ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा नै सन्तोषजनक परिणाम देखाई छाडने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर