• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् ।

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई आज सम्बोधन गर्दै उनले विदेशी बैंक तथा अन्तरराष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गरेका हुन् । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उनको भनाइ थियो । 

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको उनको भनाइ थियो । ‘म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।’

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको जानकारी दिँदै उनको आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको उनले जानकारी दिए । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गरे । ‘नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोहीअनुसार लगानी जुुटाइनेछ’, अर्थमन्त्री डा. खतिवडाले भने । 

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेको बताए । उनले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिए । 

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युत्मा लगानी विस्तार गरिरहेको जानकारी दिए । कार्यक्रममा लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुत्का आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर